काठमाडौं– कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंग पार्टी नेता विजयकुमार कोइरालाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । पूर्व पार्टी सभापति स्व.सुशील कोइरालका भाई विजयकुमार कोइरालाको बिहीबार निधन भएको थियो ।


ADVERTISEMENT


सभापति देउवाले स्व.कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको दाबी गरेका छन् । सभापति देउवाले स्व. कोइरालाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना समेत व्यत्त गरेका छन् ।


ADVERTISEMENT

# # #


७४ वर्षीय दिवंगत स्व.कोइराला कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला तथा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति स्व.डा.अरुण कुमार कोइरालाका भाई हुन् । नेपाली कांग्रेस बाँकेका नेता समेत रहेकी उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी हुन् । कोइरालाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो ।