काठमाडौं – सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि नेपाल आएका छन् । यस अघि २५ नम्बरको जर्सीमा खेल्दै आएका सन्दीपले आइपीएलमा १ नम्बरको जर्सी लगाएर खेल्नेछन् । दिल्लीका कासिगो राब्डा पनि २५ नम्बरमा खेल्ने भएकाले सन्दीपले १ नम्बरको जर्सी रोजेका हुन् ।

हालै जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।