काठमाडौं–चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष । तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।


ADVERTISEMENT


तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् । काभ्रेपलान्चोक घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ ।


ADVERTISEMENT

# # #


पाकेट मारेकै भरमा उनले करोडौंको सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ । तर, पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसमा यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । –आजको नयाँ पत्रिकाबाट