काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाशका लागि कर्मचारीले दिएको निवेदन स्वीकृत नहुने बताएका छन् । उनले कर्मचारी समायोजन नरोकिने समेत स्पष्ट पारे ।


ADVERTISEMENT


‘अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेजका लागि कर्मचारीहरुले निवेदन दिएका छन्, तर त्यो स्वीकृत हुँदैन’, स्वेच्छिक अवकाश प्याकेज के हुने भन्नबारे अन्योलता देखिरहेका बेला मन्त्री पण्डितले भने ।


ADVERTISEMENT

# # #


मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्ने भन्दै स्वेच्छिक अवकास अधिकार नभएर सुविधा मात्रै भएको बताए । जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै उनले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले कर्मचारी समायोजनक रोक्न चलखेल भएको भन्दै मन्त्री र सचिवकोमा धाउँदैमा त्यो नरोकिने स्पष्ट पारे । ‘मन्त्री र सचिवकोमा धाउँदैमा कर्मचारी समायोजन रोकिँदैन’, मन्त्री पण्डितले भने । मन्त्री पण्डितले सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि कर्मचारी खटिएको स्थानमा जानुपर्ने सर्त राखे ।

प्राविधिक कर्मचारीले स्थलगत रुपमा कार्य नगरेकाले देशको दुर्दशा भएको उल्लेख गर्दै उनले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जान रोकेको बताए ।