काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन शाहले भेटवार्ता गरेका छन् ।

आज शीतल निवास पुगेर प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि उनी शीतल निवास पुगेका हुन् । भारतको दुईदिने भ्रमणमा जाने बेला भने प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग नभेटेको टिप्पणी हुँदै आएको थियो ।


ADVERTISEMENT

# #


भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा मुलुकको समसामयिक विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

#
#