काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थामा बारेमा समिक्षा भएको छ ।

प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको परिषद्को ४४ औं वैठकमा समग्र सुरक्षा अवस्थाको सम्बन्धमा छलफल र समिक्षा भएको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेद्वारा जानकारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# #


साथै बैठकमा शान्ति सुरक्षा तथा अमनचयन र राष्ट्रिय सुरक्षा लगाएतका बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिए । बिपद् प्रतिकार्यको तयारीका बिषयमा पनि बैठकमा छलफल भएको सुरक्षा परिषद्ले जनाएको छ ।

 


ADVERTISEMENT

#
#