काठमाडौं–वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।


ADVERTISEMENT

# # #


थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो । आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए ।–आजको कान्तिपुरबाट