काठमाडौँ– सरकार र मधेसी मोर्चाबीच बैठक सुरू भएको छ। स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावका विषयमा छलफल हुन लागेको हो ।
बैठकमा मोर्चा सहमतिमा आएमा स्थानीय निर्वाचनलाई दुई चरणमा गर्न सकिने बारेमा तथा संसद्मा दर्ता भएको संविधान संशोधनको विषयमा कुरा हुने बताइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू बिहीबार एकता भएपछि हुनाव हुने वातावरण बन्दै गएको भन्दै निर्वाचनको वातावरणका लागि प्रधानमन्त्रीको पहलमा वार्ता भइरहेको हो। केहीबेरअघिदेखि सुरु भएको प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा सत्तासीन दल र मधेसवादी दलका शीर्ष नेताहरु सहभागी छन्।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षमान पुन , मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


ADVERTISEMENT

# # #