बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका उपराष्टपति हान चङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली र उपराष्टपति हानबीच मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको हो । भेटमा दुई देशकीबीचको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको छ ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीसँगै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे लगायत सहभागी थिए ।
प्रधानमन्त्री ओली चीनको थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई मंगलबा बेइजिङ रेलमार्गबाट पुगेका थिए ।

त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
थियाजिनमा एससिओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै चिनियाँ राष्ट्रपति सि जिङपिङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रम्ुखसँग भेटवार्ता गरेका थिए ।



























































