काठमाडौं–महोत्तरीको मटिहानी नगरपालिका ४ मा एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुर–मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोराभित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कुबेर कडायतका अनुसार मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा आफन्तले जानकारी गराएका थिए ।

प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन ।