काठमाडौँ– सरकार र मधेसी मोर्चाबीच बालुवाटारमा फेरि वार्ता सुरू भएको छ। मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाउँ दिए पछि सत्तारूण दलसँग फेरि वार्ता थालेका छन्।


ADVERTISEMENT


संविधान संशोधन र स्थानीय चुनावका बारेमा सहमति खोज्न सत्तारुढ दल र मोर्चाबीच बिहान वार्ता भएपनि उचित निचोड निकाल्न नसक्दा फेरी बर्ता सुरु भएको हो । बिहानको बैठकमा छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि सरकारसँग प्रष्टयाउन माग गरेका थिए। मोर्चासँग बैठक बस्नुअघि सत्तारूढ दलका प्रमुख घटक कांग्रेस, एमाले र राप्रपाका शीर्ष नेता बसेर आफ्नो एजेन्डा तय गरेको थिए।


ADVERTISEMENT

# # #


यसअघि परिमार्जनसहितको संविधान संशोधन गर्न सरकार तयार भए आफूहरू निर्वाचनमा आउन तयार भएको जानकारी राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले गराएका थिए। सरकारी टोलीसँग बार्ता गरेर फर्किएको मोर्चाले पनि आफ्नो धारणा बनाउन बिजुली बजारमा बैठक गरेको थियो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए भने अहिले सरकार र मोर्चाबीच छलफल हुँदै छ ।