काठमाडौं– संघीय गठबन्धन र सरकारबीच भएको सहमति अनुसार संविधान संसोधन विद्येयकमा परिमार्जन गर्ने विषयबस्तु टुंगाउन आज मन्त्रीपरिषद् वैठक बस्दैछ । सरकार र गठबन्धनबीचको वैठकमा परिमार्जनसहित संविधान संसोधन गर्ने, दुई चरणमा चुनाव गर्ने र गठबन्धनले तय गरेको आन्दोलनका कार्यक्रम फिर्तालिने समझ्दार बनको थियो ।


ADVERTISEMENT


यहीँ समझदारी अनुसार संविधान संसोधन सम्बन्धी सरकारले यस अघि दर्ता गरेको विद्येयकमा परिमार्जन गर्ने विषयको मन्त्रीपरिषद् वैठकले टुंगो लगाउने छ । मन्त्रीपरिषद् वैठकमा दा्स्रो चरणको चुनाव कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । समझदारी अनुसार मन्त्रीपरिषद् वैठकले संसोधन विद्येकयमा परिमार्जनका लागि विषयबस्तु अनुमोदन गरेपछि संघीय गठबन्धनको वैठक बसेर आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् ।


ADVERTISEMENT

# # #


हिजोको सहमति अनुसार संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने, सीमाङ्कनको विषय अधिकार सम्पन्न संघीय आयोगले अन्तिम टुङ्गो लगाउने, भाषाको विषयमा भाषा आयोगको सिफारिसलाई संविधानको अनुसूचिमा राख्ने भनिएको छ ।
नागरिकताका विषयमा सरकारले संसदमा पेश गरेको प्रस्तावलाई अघि बढाउने, मधेशमा जनसंख्यालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र र स्थानीय तहको संख्या बढाउने कुराको सहमति भएको जनाइएको छ । ।

यसैगरी बैशाख ३१ गतेका लागि घोषणा गरेको मितिमै पहिलो चरणको स्थानीय तहको निर्वाचन गर्ने तोकिएकै मितिमा गर्ने र दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोक्ने कुरामा सहमति भएको छ ।

सरकार र संघीय गठबन्धन बीच भएको सहमति आज बस्ने मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ ।