काठमाडौं–सिरियाको डोमा शहरमा रासायनिक हमलामा कम्तीमा ७० को मृत्यु भएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ । यद्यपी, अमेरिकी विदेश विभागले मृत्यु हुनेको संख्या योभन्दा धेरै हुनसक्ने बताएको छ ।


ADVERTISEMENT


पूर्वी गूटामा विद्रोहीको कब्जा रहेको डोमा अन्तिम शहर हो । सिरियाको ‘द ह्वाइट हेलमेट’ नामक स्वयंसेवी संस्थाले यस सम्बन्धि केही तस्बिर पनि पोष्ट गरेको छ ।


ADVERTISEMENT

# # #


जसमध्ये कुनैमा शव देखिएका छन् । उक्त संस्थाले मृतकको संख्यामा वृद्धि हुनसक्ने जानकारी दिएको छ । यद्यपी, यस खबरको अहिले स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले बताएको छ ।