काठमाडौं – अभिनेत्री दीया मास्केले कार्यक्रम ‘हिमालय रोडिज’मा आफूले बोल्दै आएको त त र मम भाषा नसुध्रिने बताएकी छन् । राजधानीमा हिमालय रोडिज सिजन २ को उद्घाटन कार्यक्रममा उनले सो बताएकी हुन् ।


ADVERTISEMENT


रोडिजको निणार्यक मध्यकी एक रहेकी मास्केलाई कार्यक्रममा जर्जले बोल्ने भाषा अलि सभ्य नभएको प्रश्न पत्रकारले उठाएका थिए । जवाफमा उनले कार्यक्रमको फम्र्याट नै यस्तै भाषाको भएकोले आगामी सिजनमा पनि आफ्ना भाषा नसुध्रिने बताइन् ।
शुक्रबार राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित दोस्रो सिजन उद्घाटन कार्यक्रममा अर्का निर्णायक र्यापर आशिष राना ‘लाउरे’ले पहिलो सिजन टेलिभिजनमा भन्दा पनि युट्युवमा लोकप्रिय भएको बताए । रोडिजको केही भाग युट्युव ट्रेनको १ नम्बरमा समेत आएको उनले खुलाएका थिए ।


ADVERTISEMENT

# # #


यति बोलिरहदा पत्रकारले उनी माथी प्रश्नको हमाला गरे । तपाईको रोडिज टेलिभिजनको लागि निर्माण भएको हो वा युट्युवका लागि । युट्युव ट्रेन भन्दा पनि टेलिभिजनको टिआरपी कति बढ्यो त्यो बताउनुस् ? एक पत्रकारले लाहुरे माथी प्रश्न राखे ।

प्रश्न सुन्ना साथ अक्कन बक्क परेका लाउरेले भने ‘टेलिभिजन र युट्युव सैतेनी दाजु भाइ हुन् । कार्यक्रम जेमा सफल भएपनि सफल भन्न मिल्छ ’ लाहुरेको जवाफले कार्यक्रम स्थल हाँसोले भरिएको थियो ।

यमाहाको प्रस्तुतिमा ‘हिमालय रोडिज सिजन–२’ दर्शक माझ आउन लागेको छ । जुनै उमेरका भएपनि जोस र जागर भएका नेपाली नागरिकले भाग लिन सक्ने उक्त कार्यक्रमको आशिष राना ‘लाउरे’, हेमन्त दास श्रेष्ठ तथा दिया मास्के निर्णायक रहेका छन् ।
रोडिज विगत १५ वर्ष देखि एम.टी.भी. ईन्डियाबाट प्रसार हुदै आएको सबैभन्दा लोकप्रिय कार्यक्रम हो । हिमालय टेलिभिजनले यो कार्यक्रम गतबर्षबाट नेपाल भित्र्याएको हो । अघिल्लो सिजनमा नेपाल ५ शहरमा यसको अडिसन भएको थियो ।
१०,००० प्रतिस्पर्धी प्रतियोगितामा सहभागी थिए । ति मध्य १८ जनालाई फाइनलका लागि चयन गरियो । ति प्रतियोगी बिच नै फाइनल गराइएको छ ।

रोडिज दोस्रो सिजन सुरु हुँदा निकै खुसी लागेको टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवाले बताए । उनले भने ‘पहिलो सिजन साँच्चीकै एउटा ठुलो चुनौति थियो र दर्शकहरुको अपेक्षालाई कम हुन नदिनु नै यो वर्ष हाम्रो मुख्य लक्ष्य हुनेछ ।’

रोडिजको यस पटक फेरि चितवन, वुटवल, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । सहभागी हुन चाहनेले आधिकारिक वेभसाईट, हिमालय टेलिभिजनको मूख्य कार्यालय, यमाहाको सोरुम तथा एभरेष्ट बैंकका कार्यालयबाट भर्न सकिनेछ ।

हिमालय रोडिजको दोस्रो संस्करणको विजेताले नगद २० लाख रुपैया“ तथा एउटा यमाहा बाईक पुरस्कार पाउनेछन् ।