काठमाडौँ – बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिएको छ । गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गरेको हो ।
जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिए ।































































