काठमाडौँ – पछिल्लो समय जेन–जी पुस्ता र विशेष गरी ‘हामी नेपाली’ नामक एनजीओको बारेमा उत्पन्न विवादबारे स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ ।
आइतबार रिपोर्टस् क्लबमा जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाली’का सुदन गुरुङमाथि उपस्थित केही व्यक्तिले विभिन्न प्रश्न उठाएसँगै पत्रकार सम्मेलनमा लफडा भएको हो । जहाँ गुरुङ समूह र अन्य समूहबीच झण्डै हात हालाहालको स्थिति बनेका छ ।
क्लबमा गुरुङ सुरुमा जेन–जी आन्दोलनको पृष्ठभूमि, आन्दोलनका क्रममा घटेका घटना र देशलाई राजनीतिक टुंगोमा पुुर्याउन आफूले खेलेको भूमिका बारे बताएका थिए । त्यसक्रममा त्यहाँ उपस्थित एक व्यक्तिले गुरुङमाथि प्रश्न उठाउँदै आक्रामक भएपछि हात कुटाकुटको स्थिति बनेको हो ।
पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरुबीच समेत एकआपसमा विवाद भएको थियो । केही युवाहरुले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशंका गरेका छन् ।
स्थितिलाई शान्त पार्न क्लबका अध्यक्ष ऋषि धमलाले प्रयास गरेका थिए । पछिल्लो समय ३८ वर्षीय गुरुङले जेन–जीका नाममा अगुवा गरेको, वास्तविक जेन–जी छाँयामा परेको, उनको एनजीओको आर्थिक अपारदर्शीता र संकास्पद विदेशी संस्थासँगको संलग्नता लगायतका विषयमा प्रश्न उठिरहेका छन् ।



























































