काठमाडौँ – ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङले आफू नेपाली नागरिक भएकाले प्रतिष्ठामा प्रहार गर्ने काम नगर्न आग्रह गरेका छन् ।
आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन गुरुङले आफू नेपालको छोराको भएकोले भारतीय भन्ने काम नगर्न आग्रह गरे । आफलाई बारबरा फाउण्डेशन, फ्रि–तिव्बत लगाएतसंग जोड्ने गरि समाचार आएको उनले गुनासो गरे ।
गुरुङले आफु लगाएत युवाहरुले देशका लागि आन्दोलन गरेको र ठूलो परिवर्तन प्राप्त भएको जिकिर गरे । आफ्ना मागहरु आफै पनि पूर्ण रुपमा पुरा नभएकाले आन्दोलन जारी नै रहेको उनको भनाइ छ ।
उनले जेन–जी आन्दोलन सबै युवाको आह्वानमा भएको र आफूले पनि त्यसको लागि आह्वान गरेको प्रष्ट पारे । आन्दोलनमा युवाहरुको मृत्यु भएको भन्दै आफू उनीहरुको लागि लडिरहेको उनले बताए ।
गुरुङले आफ्नो लागि देश नै सबैभन्दा माथि रहेको धारणा राखे ।



























































