काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले महान्याधिवक्तामा सबिता भण्डारी बराललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा १५७ अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बराललाई महान्याधिवक्तामा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


यससँगै बरालले नेपालको पहिलो महिला महान्याधिवक्ताको रुपमा आफ्नो नाम इतिहासमा लेखाएकी छन् । यसअघि कहिल्यै पनि महान्याधिवक्ता महिला बनेका थिएनन् । निवर्तमान केपी शर्माओलीको राजीनामासँगै आजै महान्यायधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।उक्त रिक्त स्थानमा बराललाई नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष समेत रहेकी बराल प्रख्यात कानुनविद् स्व. कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्तका रुपमा समेत काम गरिसकेकी छन् ।

महान्याधिवक्तको नियुक्ति नेपालको संविधानको धारा १५७ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा हुने गर्छ ।

महान्याधिवक्ताले नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा संवैधानिक एवं कानूनी विषयमा रायसल्लाह दिने लगायतका विषयमा सहयोग गर्छ । महान्यायाधिवक्ताको अवधि प्रधानमन्त्रीले चाहेसम्मका लागि हुन्छ । हरेक पटक सरकार परिवर्तन हुँदा महान्यायाधिवक्ता पनि परिवर्तन हुन्छ ।