गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो रु पाँच छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३, अरुवा सोना मनसुली चामल प्रतिकिलो ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो ८५, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो ५९, चिनी प्रतिकिलो  ९५ र जेठो बुढो चामल प्रतिकिलो  २४५ मा उपलब्ध गराउने जनाइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रतिकिलो १० छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो १२०, चिनो प्रतिकिलो २५५, कागुुनो प्रतिकिलो  २५५ र जुम्ली मार्सी प्रतिकिलो रु २२५ मा उपलब्ध गराइने उनले जानकारी दिए ।  रासस