काठमाडौं–समयमै लक्ष्य पूरा गर्न नसकिए पनि खोप अभियान देशका ३९ जिल्लामा सफल भएको छ। विभिन्न रोग एवं संक्रमणबाट बालबालिकालाई बचाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न दिइने खोपको पहुँचमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले देशका ३७ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेको र सोमबार काठमाडौं र बारा जिल्लालाई पूर्ण खोप सुनिश्चिततायुक्त घोषणा गर्ने तयारी भएको बताए । सन् २०१७ सम्ममा देशका सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्ष्य भने अधुरै रह्यो ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सोमबार टुँडिखेलमा काठमाडौंलाई ३८ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदैछ।

बालबालिकालाई विभिन्न रोगबाट बचाउन बीसीजी, डीपीटी, रुबेला, पोलियोलगायत खोप लगाइन्छ । सन् १९९६ मा एक वर्ष मुनिका प्रति एक हजार शिशुमध्ये ७९ जनाको मृत्यु हुने गरेको थियो भने अहिले मृत्युदर ३४ जनामा झरेको छ । नवजात शिशु मृत्युदर प्रतिहजार ५० बाट १७ मा झरेको छ । शिशु एवं बाल मृत्युदर तथा अपांगता दर घटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । – आजको अन्नपुर्ण पोष्टबाट