काठमाडौं–बलिउड अभिनेता सलमान खान धरौटीमा रिहा भएलगत्तै उनको नेपाल टुरको मिति घोषणा गरिएकोे छ । पाँच वर्ष जेलसजाय सुनाइएका सलमान दुई दिन जेल बसेर शनिबार साँझ ५० हजार धरौटी बुझाएर छुटेका थिए ।


ADVERTISEMENT


उनलाई दुई कालो हरिण सिकारको मुद्दामा बिहीबार जोधपुरको स्पेसल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।


ADVERTISEMENT

# # #


जेलबाट छुटेको केही समयपछि नै नेपालको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टलाई पत्रमार्फत दबंग टुरको भारतस्थित आधिकारिक इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल टुरको मिति सार्वजनिक गरेको हो ।

ओडीसी इन्टरनेनमेन्टका प्रमुख सीमान्त गुरुङले सलमान कन्सर्टका लागि नेपाल आउने मिति निश्चित भएको पुष्टि गरेका छन् ।

ओडीसी नेपालले सार्वजनिक गरेका पत्रमा सलमानको नेपाल कन्सर्ट २०७५ साल जेठ १२ गते शनिबार हुने उल्लेख छ । कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनीष पावलको प्रस्तुति रहनेछ ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडीसी इन्टरटेनमेन्टले फागुन २६ गतेको ’द दबंग टुर’ स्थगित गरेको थियो ।