काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने बताएका छन् । तनहुँको वन्दीपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले निर्वाचन चिह्नका बिषयमा धेरै चिन्ता लिनु नपर्ने बताए ।


ADVERTISEMENT


माओवादी केन्द्रले निर्वाचन चिह्न र पचास प्रतिशतको विषयमा उठाएको विषयमा सोधिएको जिज्ञासामा नेता श्रेष्ठले भने, ‘चुनाव चिह्नमा चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी समाधान गरिहाल्छौं, पार्टी एकता सम्मानजनक ढंगबाट हुन्छ ।’


ADVERTISEMENT

# # #


उनले अघि भने, ‘सम्मानजनक एकतामा संख्या नै प्रमुख हुन्छ, तर कसरी अघि जाने भन्नेबारेमा छलफल गर्न बाँकी नै रहेको छ ।’

नेता श्रेष्ठले पार्टी एकता आगामी बैशाख ९ गते नै गर्ने गरी तयारी भएको दावी गरे । यसको औपचारीक निर्णय प्रधानमन्त्री भारतबाट फर्किएपछि बैठक बसी गरिने जानकारी नेता श्रेष्ठले दिए । दुवै पार्टीले त्यसका लागि आन्तरिक तयारी गरिरहेको नेता श्रेष्ठको भनाइ छ ।