काठमाडौं–प्राविधिक क्षेत्रमा आफ्नो भविस्य सुनिश्चित गर्नको लागि आएका विद्यार्थीहरुलाइ शैक्षिक माफिया हरुले ठगे पछि विद्यार्थी हरु मर्कामा परेका थिए । ती समस्या लाई आफ्नो समस्या सोची सिटिइभिटि राष्ट्रिय कमिटी आन्दोलन मा उत्रिएको थियो ।


ADVERTISEMENT


थुप्रै दिनको मेहनत पश्चात् सिटिइभिटि लाई घुडा टेकाउन बाध्य पारेको थियो । सिटिइभिटि रास्ट्रीय कमिटीकोे आन्दोलन को कारण आज पीडित विद्यार्थी ले न्याय पाएका छन । यो कार्यको प्रसंशा गर्दै सिटिइभिटि राष्ट्रिय कमिटी धन्यवाद दिन मंगलबार पीडित विद्यार्थी को टोलि केन्द्रिय कार्यालय मा आएका थिए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रम लाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिव समिक बडाल ले विद्यार्थी माझ मा समसामयिक विषयका साथै शुभकामना दिएका थिए । यसका साथसाथै उक्त कार्यक्रममाअनेरास्ववियु सचिवालय सदस्य नारायण घर्ती ले सम्बोधन गरेका थिए ।

अनेरास्ववियु सचिवालय सदस्य तथा सिटिइभिटि इन्चार्ज आद्रता रेग्मी ले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । यसका साथसाथै अनेरास्ववियु केन्द्रिय सदस्य तथा सिटिइभिटि सह इन्चार्ज दिपक धामी ले यस्ता गलत कार्यका विरुद्ध लड्न अपिल गर्नु का साथै सामाजिक सेवामा लागिरहन अनुरोध गरेका छन् ।

   अनेरास्ववियुसंग खुसियाली मनाउन पीडित विद्यार्थीहरु केन्द्रिय कार्यालयमा

सिटिइभिटि रास्ट्रीय कमिटी अध्यक्ष रमेश सिंह ठकुरी ले विद्यार्थी मुद्दा मा कुनै सम्झौता नहुने प्रतिबद्धता जाहेर गर्दै विद्यार्थी को उज्ज्वल भविस्यको कामना गरेका छन् ।