काठमाडौं– काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनमा भएका आगजनी नियन्त्रणका लागि सुरक्षाका कारण समयमा नै दमकल निकाल्न नसकिएको जनाएको छ ।
आन्दोलनका भएका आगजनी नियन्त्रणमा काठमाडौं महानगरको दमकल समयमा नै परिचालन नभएको आरोप लागेपछि काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार पत्रकार सम्मेलन गर्दै आगजनीको खबर आएलगतै दमकल निकाल्न प्रयास गरेपनि न्युरोड क्षेत्रमा नै प्रदर्शन भएकाले सुरक्षाका कारण निकाल्न नसकिएको बताए ।
सेनासंग समन्वय गर्दा पनि तत्काल दमकल निकाल्न सम्भव नदेखिएको उनले बताए । पाण्डेले दमकल परिचालन गर्न मेयरको सचिवालयबाट पटक पटक निर्देशन आएको समेत दावी गरेो । भाद्र २४ गते राती सवा ८ बजे दुई वटा दमकल सिंहदरबारमा पुगेर आगो निभाएको र सेना सुरक्षामा खटिएपछि राती १० बजेपछि महत्वपूर्ण स्थानमा दमकल परिचालन गरिएको उहाले जानकारी दिए ।
पाण्डेले सर्वोच्च, भाटभटेनी, सिंहदरबार, हिल्टन होटल लगाएतका स्थानमा महानगरले दमकल परिचालन गरिएको उल्लेख गर्दै समयमा नै दमकल परिचालन नगरेको भन्ने आरोपमा सत्यता नरहेको बताए । उनले तत्काल विरामीको उपचारका कमिकमजोरी हुन नदिन रगत संकलनका लागि समेत परिचालन भएको बताए ।


























































