काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार रुपैयाँमा कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको २ हजार ५ सय ८० कायम भएको महासंघ जनाएको छ ।


























































