काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन ३ हजार ९ सय रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६ सय ८० रुपैयाँ पुगेको हो ।


























































