काठमाडौँ– सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ ।


ADVERTISEMENT


नयाँ वर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यो योजना नयाँ वर्ष उपहारका रूपमा प्रस्तुत गरिएको हो । जसमा उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५५ सम्मको छुट पाउँनेछन् ।


ADVERTISEMENT

# # #


पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको बिक्रीमा अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी सेवा प्रदान गर्ने भएको छ । ३२ इन्च देखि ४३ इन्च सम्मको सामसङ स्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२५ क्यासब्याक तथा ६ महिनाको लागि १० एमवीपीएसको अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी सेवा पाउनेछन् ।

त्यसैगरी, ४९ इन्च देखि ५५ इन्च सम्मको फ्ल्याट स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२५ क्यासब्याक सहित ६ महिनाको लागि २५ एमवीपीएस सेवा प्राप्त गर्नेछन् ।