काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको सिंहदरबारको मुख्य संरचना मर्मत सम्भारका लागि त्रिपालले छोपिएको छ । सरकारले सिंहदरबारको आगजनीले पुर्याएको क्षतिको मूल्यांकन गर्दै प्रबलीकरण, मर्मतसम्भार गर्न त्रिपालले छोपेको हो ।
भदौ २४ गतेको आगजनीमा सिंहदरबारको पश्चिम मोहडाको मुख्य भाग ध्वस्त भएको छ । यस्तै अन्य भागमा समेत धेरै क्षति पुगेको छ । यसअघि २०७२ सालको भूकम्पले क्षति पुर्याएको सिंहदरबार वर्षौं लगाएर प्रबली करण गरेपछि दुई वर्षअघि मात्रै सञ्चालनमा आएको थियो ।
तर, २४ गतेको आगजनीले भूकम्पको बेला भन्दा धेरै क्षति पुर्याएको छ । वि.सं १९६० सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गर्न लगाएको १२२ वर्ष पुरानो युरोपेली शैलीको यो ऐतिहासिक धरोहर फेरि खण्डहर बनेको छ ।
सबै तस्बिर रासस






























































