काठमाडौं–बजेट तर्जुमाका लागि कानुनतः गठित मुख्य संस्थागत निकाय बजेट समितिको अध्यक्ष नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहने प्रावधान छ । आयोगका उपाध्यक्ष, अध्यक्ष र सदस्यहरु नै सदस्य रहने सो समिति नै यतिखेर प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने त्यसलाई सघाउने स्रोत समितिले पनि पदाधिकारी अभावमा आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढाउन सकेको छैन ।


ADVERTISEMENT


स्रोतका अनुसार, नेतृत्वविहीन आयोगमा जान दर्जनौंले आकांक्षा देखाएका छन् । एक उपाध्यक्ष र चार सदस्य गरी पाँच जनाका लागि नियुक्ति लिन दर्जनभन्दा बढी व्यक्ति दौडधुपमा लागेका हुन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्षका लागि डा. डिल्ली खनाल, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्द नेपालहरु दौडधुपमा छन् । उनीहरुमध्येबाटै एक जना उपाध्यक्ष बन्ने बताइएको छ । यसैगरी सदस्यहरुका लागि सुनिलबाबु श्रेष्ठ, सुमित्रा अमात्य, गीताभक्त जोशी, चन्द्रकान्त पौडेल, गुप्तबहादुर श्रेष्ठ, डा. खिमलाल देवकोटालगायत १५ जनाभन्दा बढी योजना आयोगको सदस्य बन्न दौडधुपमा लागिरहेका छन्।