रामचन्द्र पाण्डे, काठमाडौँ– धनगढी प्रिमियर लिग(डीपीएल–२)को उपाधी टिम चौराहा धनगढीले हात पारेको छ । काठमाडौँ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले गलातार दोस्रोपल्ट डीपीएलको ट्रफी कब्जा गरेको हो ।


ADVERTISEMENT


प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा १८२ रनको विशाल लक्ष्य पच्छ्याएर मैदान उत्रिएको काठमाडौँ निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १६० रन मात्रै बनाएपछि धनगढीले उपाधी उचाल्यो । काठमाडौँका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा ७ चौका ३ छक्का प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्ल ३०, सन्नी पटेल २२ र नरेश बुढाऐर १९ रनमा आउट भए । यस्तै पुष्प थापाले १५ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


धनगढीका लागि ललितसिंह भण्डारीले ३ विकेट लिए । यस्तै रोहन मुस्ताफाले २ विकेट लिँदा योगेन्द्रसिंह कार्की र संसाद सेखका नाममा १/१ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको हो । उसका लागि सुनिल धमला र रोहनत मुस्ताफाले १४२ रनको लामो साझेदारी गरेपछि धनगढीले बिशाल स्कोर तयार गरेको हो ।

धनगढीका लागि सुनिल धमलाले ६३ बलमा ७८ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै रोहन मुस्ताफाले ४२ बलमा ६० रन बनाएर पेवेलियन फर्किए । सुबोध भाटीबाट रनआउट हुनुअघि उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै खाता नै अस्फाक अहमेतले ४ रन बनाए भने सोनु तामाङ खोल्न नपाउँदै आउट भए । कप्तान सोमपाल कामी ८ र प्रनित थापा मगर शून्य रनमा नट आउट रहे ।

यता काठमाडौँका लागि सुवोध भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

खेलको म्यान ‘अफ द म्याच रोहन’ मुस्ताफा चुनिए ।