काठमाडौं– शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले ‘आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने आह्वानका साथ मेला आयोजना गरेको हो ।


ADVERTISEMENT


मेलाको उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले पुष्प व्यवसायले मुलुकको व्यापार घाटा कम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले केही वर्षभित्रै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना पनि अघि सारे । मुलुकलाई समृद्ध बनाउन कृषि पेशालाई सम्मानित बनाउन लागिपर्ने मन्त्री खनालको भनाई छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले पुष्प व्यवसायसहित मुलुकको कृषि क्षेत्रको विकासका लागि सरकारलाई विशेष कार्यक्रम संचालन गर्न सुझाव दिए । उनले निजी क्षेत्र सरकारसँग हातेमालो गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन तयार रहेको पनि स्पष्ट पारे ।

४ दिनसम्म चल्ने मेलामा ८२ वटा स्टल रहेको छ । मौसमी फूल, आलंकारिक बोट, विरुवा, ड्राई फ्लावर, कट फ्लावर, सुनखरी, फूलको गाँनो, विउविजन, ग्रीन हाउस, कृषि औंजार तथा उपकरण, सिंचाई प्रविधिको खरिद गर्ने व्यवस्था पनि मेलामा गरिएको छ । नेपालमा पुष्प व्यवसायमा ४३ हजार व्यक्ति आश्रित रहेको बताइन्छ ।