काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा केही दिन यता भएको भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै प्रधानमन्त्री मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै कठिन समयमा नेपालका जनता र सरकारको साथमा रहेको जनाएका छन् ।
साथै उनले वर्षाका कारण पुगेको क्षतिको राहत र प्रतिकार्यका लागि भारत कुनै पनि किसिमको सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन् । ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं।’ उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।’
The loss of lives and damage caused by heavy rains in Nepal is distressing. We stand with the people and Government of Nepal in this difficult time. As a friendly neighbour and first responder, India remains committed to providing any assistance that may be required.
— Narendra Modi (@narendramodi) October 5, 2025
नेपालमा शुक्रबारदेखि सुरु भई आइतबार बिहानसम्मको भारी वर्षाले इलामा ठूलो धनजनको क्षति भएको छ । जहाँ अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।
यस्तै मधेश प्रदेशका अधिकांश ठाउँ डुबानमा परेका छन् भने मध्ये र पूर्वी नेपालका राजमार्गहरुमा अवरोध सिर्जना भएको छ ।




























































