काठमाडौँ– संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन् ।


ADVERTISEMENT


उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए । “हाम्रो ज्ञापनपत्र बुझ्दै तीन दिनभित्र शुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो”, उनले भने, “तर त्यो कार्यान्वयन नभएपछि हामी बाध्य भएर जिशिका घेर्न आएका हौँ ।”


ADVERTISEMENT

# # #


विद्यार्थी सङ्गठनले नाराजुलुस गर्दै बिहान १० देखि मध्याह्न १२ बजेसम्म काठमाडौँ जिशिका घेराउ गरे । वृद्धि शुल्क फिर्ता गर, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गर जस्ता नारा लगाउँदै जिशिका काठमाडौँ घेराउ गरिएको हो ।