कैलाली – प्रदेश नम्बर ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् ।


ADVERTISEMENT


घाइते लामाको बाँया खुट्टा भाँचिएको बताइएको छ । कैलालीमा लामालाई से ४ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ADVERTISEMENT

# # #


तामाङको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।