काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ ।


ADVERTISEMENT


एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ । – आजको नागरिकबाट