काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। सुन आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।



























































