सप्तरी– सप्तरीको हनुमाननगर–कङ्कालिनीमाई नगरपालिका–४ माधवापुरमा आज आगलागी हुँदा करिब रु १५ लाख बरारबको क्षति भएको छ ।


ADVERTISEMENT


स्थानीय नवीन झाको घरमा गहुँमा ‘थ्रेसर’ लगाउने क्रममा उनको र छिमेकी भगवती झाको दुई वटा घरमा आगो लागेको थियो । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा उक्त परिमाणको क्षति भएको इप्रका भारदहले जनाएको छ । आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


ADVERTISEMENT

# # #