मुम्बई–दिल्लीको कडकडडूमा आदालतले चेक बाउन्स मामिलामा अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय सुनाएको छ । यद्यपि, उनलाई तुरुन्तै जमानतमा रिहा गरिएको छ । राजपाल यादव र उनको पत्नीको कम्पनीबिरुद्ध ७ वटा चेक बाउन्सको मुद्दा दर्ता थियो । यस मुद्दामाथि अदालतले २३ अप्रिलमा फैसला सुनाएको हो ।


ADVERTISEMENT


रिपोर्टका अनुसार अदालतले प्रति चेक १।६० करोड भारु जरिवाना तिर्न यादवलाई आदेश दिएको छ । यस हिसाबले उनले कूल ११.२० करोड भारु जरिवाना तिर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


पत्नीमाथि १० लाखको जरिवाना
यसमा ममिलामा राजपाल यादव पत्नी राधालाई पनि अदालतले १० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले सजाय सुनाए पछि यादवले मिडियासँग कुराकानी गर्दै अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले यो मामिलामा उच्च अदालत जाने पनि बताए ।

२० अप्रिलमा दोषी करार
गत अप्रिलमा अदालतले राजपाल यादव र उनकी पत्नी चेक बाउन्स मुद्दामा दोषी करार गरेको थियो । अदालतका अनुसार आरोपीले चेकमा आफ्नो हस्ताक्षर भएको स्वीकारेका थिए ।

फिल्मले डुबायो
चेक बाउन्सको यो मुद्दा सन् २०१० को हो । लक्ष्मी नगर स्थित मुरली प्रोजेक्टस लिमिटेडले प्रीत बिहार थानामा सातवटा चेक बाउन्स भएको उजुरी दर्ता गरेको थियो । कम्पनीका अनुसार यादवले ‘अता पता लपता’ बनाउन ५ करोड ऋण लिएका थिए । सन् २०१२ मा चलचित्र रिलिज भयो, तर चलचित्र फ्लप हुनपुग्यो । त्यसपछि यादवले फैसा तिरेनन् ।

उजुरीपछि यादवलाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी अदालतमा गएनन् । उनको वकिलले गलत हलफनामा पेश गरेपछि अदालत रुष्ट बनेको थियो । सन् २०१३ मा यही मामिलामा यादवलाई दिल्ली उच्च अदालतले यादवलाई न्यायीक हिरासतमा पठाएको थियो ।