काठमाडौं–विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ ।


ADVERTISEMENT

# # #


स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्मत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् ।

विगतमा बढीजसो कामदारको मृत्यु सडक दुर्घटना र प्राकृतिक रुपमा हुँदै आएको थियो । – आजको नागरिक दैनिकबाट