काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराजर्स हैदरावादले मुम्बइ इण्डियन्सलाई ३१ रनले हराएको छ । यो जितसँगै हैदरावाद ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति घरेलु मैदानमा १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बइ १८ ओभर ५ बलमा ८७ रन बनाएर अलआउट भयो ।


ADVERTISEMENT


आईपीएलमा यो मुम्बईको सबैभन्दा कम स्कोर हो । लगातार खराब प्रदर्शन गर्दै आएको मुम्बईका लागि आगामी यात्र कठिन देखिएको छ । मुम्बइका सुर्यकुमार यादवले ३४ र हार्दिक पाण्ड्याले २४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।


ADVERTISEMENT

# # #


मुम्बईलाई सस्तैमा समेट्न हैदरावादका सिद्धार्थ काउलले ३ विकेट लिए । उनले ४ ओभरमा केबल २३ रन दिएका थिए । रासिद खान र बसिल थम्पीले २–२ विकेट लिए ।

रासिद खान प्लेयर अफ दि म्याच भए । उनले चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर २ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले १८ ओभर ४ बलमा सबै विकेट गमाउँदै ११८ रन बनाएको थियो । उसका लागि केन विल्हृयाम्सन र युसुफ पठानले समान २९–२९ रन बनाए । मनिष पाण्डेले १६ तथा मोहम्मद नाबीले १४ रन बनाए ।

बलिङतर्फ मुम्बइका मिचेल म्याकलेनाघन, हार्दिक पाण्ड्या र मायंक मार्कण्डेले २–२ विकेट लिए ।