अछाम–जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।


ADVERTISEMENT

# # #


लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ । स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ती भएको अछाम जिल्लामा प्रहरीलाई शान्ति सुरक्षालगायतका सेवा दिन थुप्रै समस्या रहेको जनाइएको छ । जिल्लाभरिमा रहेका २८ वटा प्रहरी यूनिटमा ४०० जना प्रहरी कार्यरत रहेका छन् ।