काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन् ।


ADVERTISEMENT


बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


धारणा राख्ने सदस्यहरुले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद विघटनका विषयमा आवश्यक सुझाव आएको उनले बताए ।

त्यसैगरी नयाँ सरकार गठनका समयमा निवर्तमान प्रधानमन्त्री ओलीले दिएको सुझावलाई तोडमोड गरिएको लगायत धारणा आएको गौतमले बताए । सदस्यहरुलाई धारणा राख्नका लागि तीन मिनेटको समय दिइएको र लिखित सुझाव राख्न सक्ने व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।

करिब ३६० सदस्य मध्ये ५० जनाले धारणा राखेकाले केन्द्रीय कमिटीको बैठक केहि दिन चल्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए ।