काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा ओमानविरुद्धको महत्वपूर्ण खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे देखि सुरु हुँदैछ । नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा लोकश बम आएका छन् ।
कुवेतविरुद्ध नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र मोहम्मद आदिल आलम ।
नेपाल र ओमान आजको खेल अगावै विश्वकपमा पुगिसकेका र दुवै टोली अपराजित रहेकाले आज जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।



























































