काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् ।


ADVERTISEMENT


गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फासीवाद आउने खतरा भयो भनिन्छ । फासीवाद होइन, यहाँ जनवाद आउँदैछ । फासीवाद होइन, समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’


ADVERTISEMENT

# # #


उनले जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताए । ‘अब नेपाली जनता बलियो हुन्छ, सत्ता बलियो हुने होइन । सत्ता त संविधानले नियन्त्रण गरेको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

सबै जनताले लगाउन पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने वातावरण बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।