काठमाडौँ – थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग गोलअन्तरले नेपाल पराजित भएको हो ।


ADVERTISEMENT


यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।


ADVERTISEMENT

# # #


खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७–० को फराकिलो जित हासिल गरेको थियो । यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।