काठमाडौं – अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा आज (विहिबार) वैवाहिक बन्धनमा बाधिने भएकी छिन् । आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्धलाई बैवाहिक जीवनमा आज बदल्न लागेकी हुन्।


ADVERTISEMENT


अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । लामाको विवाहको लागि सम्पूर्ण व्यवस्थापन तयारी अनेरास्ववियुले गरेको छ । लामाको बिबाहमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन ।


ADVERTISEMENT

# # #


झण्डै तीन हजार जना बिबाह समारोहमा उपस्थित हुने जनाइएको छ । बिबाहमा शुभकामना दिन जाने अतिथिलाई जेरी समोसा, केरा, दही र लालमनको व्यवस्था गरिएको छ ।

यस्तो थियो प्रेम

कलाकारिता समेत गरेकी नविनाको प्रेम कहानी निक्कै रोचक छ । २०५६ सालमा एसएलसी पास गरेर काभ्रेको मादनकुँडारीबाट राजधानी आएकी उनी काठमाडौंमा अभिनय तिर पनि लागेकी थिईन । तर उनले भविष्य अन्योल देखेर होला राजनीति तिर लागिन् ।

उनले तामाङ भाषा तथा संस्कृतिमा आधारित ‘म्हेन्दोला माया’पछि नेपाली चलचित्रमा समेत गेरेकी छिन् । २०५८ सालमा बानेश्वर क्याम्पसमा स्ववियु सभापतिमा हारेपछि उनको राजनीतिक यात्राले गति लिएको थियो ।

उनले आफु प्रेम सम्बन्धमा रहेको पनि लुकाइनन् । मादनकुँडारीस्थित महेन्द्र माविमा अध्ययनरत हुँदै प्रारम्भिक कमिटीमार्फत अखिलमा संगठित भएकी उनी अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्ष भइन् ।

नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने उनी अध्यक्षका रूपमा एक कार्यकालमात्रै रहने सोचमा थिइन्, भाग्यवस् प्रतिनिधि सभाको सदस्यमा समानुपातिकमा परिन् ।

एमाले सांसद लामाले हनिमुन कहाँ मनाउछिन भन्ने यतिबेलो सर्वत्र चासोको विषय बनेको छ ।