काठमाडौं– कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



























































