काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन्
बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताएका हुन् ।
गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उनले बताए । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे ।
त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरु आपराधिक समूह नै भए पनि उनीहरुलाई सरकारले कारवाही समेत गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताए ।


























































