लुम्बिनी–लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ । ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल,बौद्ध धर्मको उद्गमभूमी तथा विश्व शान्तिको मुहान’ भन्ने मुल नाराका साथ २५६२औं बुद्धजयन्तीको अवसरमा शुरु भएको सम्मेलन बैशाख १७ सम्म चल्ने छ ।


ADVERTISEMENT


लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेस कुमार त्रिपाठीका अनुसार सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्ति सहभागी छन् ।


ADVERTISEMENT

# # #


सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धमा बिभिन्न ३२ वटा कार्यपत्र प्रस्तुुत हुनेछन् ।

१६ जना नेपाली र १६ बिदेशी प्रस्तुत गर्ने कार्यपत्रलाई निष्कर्षसहित लुम्बिनी घोषणा पत्रका रुपमा जारी गरिनेछ । सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्य मूल समारोह समिति गठन भएको थियो ।

सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने भनिएको थियो । तर, प्रधानमन्त्री सम्मेलन उद्घाटनमा पुगेनन् ।

बौद्ध सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीले गरेका छन ।