काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी त्रिपक्षीय छलफल भइरहदा बाहिर भने केही युवाहरुले विरोध जनाएका छन् ।


ADVERTISEMENT


छलफलमा सहभागी जेनजी प्रतिनिधिको सूचीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले प्रधानमन्त्री निवास बाहिर विरोध जनाएका हुन् । उनीहरुले छलफलमा सहभागीहरु जेनजीप्रति नै प्रश्न उठाएका छन् ।


ADVERTISEMENT

# # #


पहुँचका भरमा केहि युवाहरुलाई मात्रै छानेर छलफलमा सहभागी गराइएको उनीहरुको आरोप छ । त्यस्तै उनीहरुले बालुवाटारभित्र जेनजी युवाहरुसंग हुने छलफलको प्रत्यक्ष प्रसारणको माग समेत गरेका छन् । जेनजी युवाहरुले अघि सारेका मुद्दाहरुमाथि कुनै हालतमा सम्झौता नगर्न उनीहरुले सुझाव दिएका थिए ।